रामारोशन गाँउपालकामा सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु

   View More
    February 12, 2020

माघ १५ अछाम

जिल्लाको रामारोशन गाँउपालिका सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु भएको छ । न्याय हेल्थ नेपालसंग समन्वय सहकार्यमा गाँउपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरिएको गाँउपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताउनु भयो । यो संगै जिल्लाका ६ ओटा स्थानिय तहमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालनमा आएको छ।

रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावल र न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्ट्र बिकास गौचनले सयुक्त रुपमा मैनबत्ती जलाएर कार्यक्रम उदघाट्न भएको जानकारी गराएका थिए ।

गाउपालिकामा कार्यक्रम सुभारम्भ भएको जानकारी दिँदै गाउपालिका उपाध्यक्ष सरस्वती रावलले रामारोशन क्षेत्रका बृद्धबद्धा, बालबालिका, गर्भवति महिलाको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै कार्यक्रम संञ्चालन गरिएको बताउनु भयो ।

गाउपालिकाको २९ हजार जनसँख्यालाई मध्यनजर गर्दै गाउसभा बाट नै पारित गरि सामुदायिक स्वास्थ्य कार्यक्रम लागु भएकाले यसको प्रभाबकारिताका लागि सबैले साथ दिनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्ट्र बिकास गौचनले अछामका १० मध्ये ६ वटा स्थानिय तहमा कार्यक्रम लागु रहेकाले सबै जनताको स्वास्थ्यमा सहज पँहुच पुग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

रामारोशन गाउपालिकाको आर्थिक सहयोग तथा न्याय हेल्थ नेपालको प्राबिधिक सहयोगमा पालिकामा कार्यक्रम सुरु भएको सामुदायिक स्वास्थ्य कार्यक्रमका प्रादेशिक प्रमुख हरिजंग रायमाझीले जानकारी दिनुभयो ।

साथै उहाले अस्पतालको सेवाले मात्रै जनताले सहज सेवा पाउन नसक्ने भएकाले न्याय हेल्थ नेपालले सामुदायिक स्वास्थ्य सेवा सहिको एकीकृत स्वास्थ्य प्रणालीको अवधारणा ल्याएको बताउनु भयो।

कार्यक्रममा सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख, सामुदायिक कार्यकर्ता, बयालपाटा अस्पतालका विभिन्न बिभागका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रभुनाथ देवकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन स्वास्थ्य शाखाका दिपक खनालले गर्नु भएको थियो ।

न्याय हेल्थ नेपालको व्यावस्थापनमा अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र, दोलखमा चरिकोट अस्पताल तथा अछाम र दोलखाका स्थानिय तहहरुमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन भईरहेको छ । न्याय हेल्थ नेपालद्धारा संचालन भएका सबै कार्यक्रम निशुल्क रुपमा प्रवाह हुदैँ आईरहेका छन् ।

अछामको साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, मेल्लेख गाँउपालिका, बान्नीगढी जयगढ गाँउपालिका र चौरपाटी गाउँपालिका तथा दोलखाको भिमेश्वर नगरपालिका, कालिन्चोक गाँउपालिका, बैत्यश्वर गाँउपालिका र तामाकोशी गाँउपालिकामा साुमदायिक स्वास्थ्य कार्यक्रम संचालनमा रहेको छ ।